सांसद चौधरीलाई पनि सपथ गराउन राजपाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सांसद चौधरीलाई पनि सपथ गराउन राजपाको माग

काठमाडौं, १६ फागुन । राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ ।

पार्टीका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको कामकार्वाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका हुन् । आगामी आईतबार संघीय संसदमा निर्वाचित सदस्यहरुले सपथ लिँदै छन् ।

सोही विषयमा समेत छलफल गर्न संघीय संसद सचिवालयले बुधबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले सांसद चौधरीलाई सपथ लिने र संसदको कामकार्वाहीमा भाग लिन पाउने व्यवस्था गर्न माग गरेको हो ।

जनताबाट निर्वाचित सांसद चौंधरीलाई सपथ लिने र संसदको कामकार्वाहीमा भाग लिने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरिएको नेता लालले जानकारी दिए ।

कैलालीको टिकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका प्रतिनिधिसभाका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला कारागार चलान गरिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालले आफ्ना सांसद चौधरीलाई सुरक्षाको उचित प्रबन्ध गरी सपथ गराउने व्यवस्था गर्न संघीय संसदसँग माग गरेको हो ।

सांसद चौधरीले पनि आफूलाई सपथ ग्रहण गराउने व्यवस्था गर्न माग गर्दै पार्टीमार्फत् संघीय संसद सचिवालयमा निवेदन दिई सकेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);