सरकारले जनअपेक्षा अनूरुप काम गर्न नसकेको नेपाली काँग्रेसका नेता शेखर कोइरालाको आरोप | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

सरकारले जनअपेक्षा अनूरुप काम गर्न नसकेको नेपाली काँग्रेसका नेता शेखर कोइरालाको आरोप

dr sekhar koirala

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले दुईतिहाई बहुमत प्राप्त बर्तमान सरकार असफल भइसकेको दावी गरेका छन् ।

नेपाल प्रेस युनियन उदयपुरले बिहीबार गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य कोइरालाले यस्तो बताएका छन् । उनले प्राकृतिक स्रोत व्यवस्थापन, बित्त आयोग, अन्तरप्रदेश परिषद निर्माण, प्रदेशस्तरीय प्रहरी लगायतका काम सरकारले गर्न नसक्दा संघियता नै असफल हुने अबस्था आउन लागेको बताए ।

केन्द्रिय सदस्य कोइरालाले चरम गुटबन्दीमा फसेका कारण कांग्रेस गत आम निर्वाचनमा पराजय भोग्नुको साथै संवादहिनता, गुटबन्दी मौलाएको समेत बताए । उनले काँग्रेसमा नेतृत्व परिवर्तन नगरी कांग्रेस नसुध्रिन भन्दै २०७६ साल फाल्गुण महिना भित्र कुनै पनि हालतमा महाधिवेशन गर्न जरुरी रहेको बताए । कोइराला केही महिनायता जिल्ला दौडाहामा व्यस्त हुन थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);