चीनको याङ्त्से नदी डेल्टा क्षेत्रमा उच्च गतिको रेलमार्ग ८ हजार ५०० किलोमिटर नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८३, शनिबार

चीनको याङ्त्से नदी डेल्टा क्षेत्रमा उच्च गतिको रेलमार्ग ८ हजार ५०० किलोमिटर नाघ्यो

चीनको पूर्वी क्षेत्रमा रहेको याङ्त्से नदी डेल्टा क्षेत्रमा उच्च गतिको रेलमार्गको सञ्जाल ८ हजार ५०० किलोमिटरभन्दा बढी पुगेको छ । पूर्वी चीनको आन्हुई प्रान्तमा शुक्रबार तीनवटा नयाँ उच्च गतिको रेलमार्ग सञ्चालनमा आएसँगै उक्त क्षेत्रको रेल सञ्जाल विस्तार भएको हो । नयाँ रेलमार्गले करिब ३६४ दशमलव ५ किलोमिटर मुख्य रेलमार्ग थप गरेको छ । प्रतिघण्टा ३५० किलोमिटरको गतिमा सञ्चालन गर्न सकिने गरी निर्माण गरिएका यी रेलमार्गले प्रमुख सहरहरूबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । नयाँ रेलमार्ग सञ्चालनमा आएसँगै क्षेत्रीय शहरहरूबीच यातायात सम्पर्क विस्तार हुनुका साथै यात्राका लागि थप द्रुत मार्ग उपलब्ध भएका छन् । चीनको सबैभन्दा गतिशील आर्थिक क्षेत्रमध्ये एक मानिने याङ्त्से नदी डेल्टा क्षेत्रमा सांघाईसहित च्याङ्सु, चच्याङ र आन्हुई प्रान्त समेटिएका छन् । सन् २०२५ मा यस क्षेत्रले चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब एक चौथाइ योगदान गरेको थियो । रेल सञ्जाल विस्तारले यस क्षेत्रको आर्थिक गतिविधि, व्यापार तथा क्षेत्रीय सम्पर्कलाई थप गति दिने अपेक्षा गरिएको छ ।

Leave a Reply

ताजा समाचार