चीनमा तिब्र गतिको रेल सेवा सञ्चालनमा आउँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

चीनमा तिब्र गतिको रेल सेवा सञ्चालनमा आउँदै

एजेन्सी । चीनको सान्सी प्रान्तमा सियान–यानान उच्च गतिको रेल मार्ग सञ्चालनमा आउने भएको छ ।  जसले उक्त क्षेत्रको लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित गर्नेछ । यो उत्तरी सान्सीको पुरानो क्रान्तिकारी आधार क्षेत्रमा सेवा पुर्याउने पहिलो उच्च गतिको रेल सेवा हुनेछ । जसले विशेष गरी यानानलाई जोड्नेछ ।

३५० किलोमिटर प्रतिघण्टाको गतिको लागि डिजाइन गरिएको यो २९९.८ किलोमिटरको परियोजनाले सियानदेखि यानानसम्मको यात्रा समय २.५ घण्टाबाट घटाएर करिब एक घण्टामा पुर्याउनेछ ।

१९३७ र १९४७ को बीचमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको आधार क्षेत्रको रूपमा सेवा गरेको हुनाले यानानको गहिरो ऐतिहासिक महत्व रहेको छ ।

Leave a Reply