नेपाल टेलिकम बागलुङले सदरमुकाम बाहिर पहिलो पटक फाईवर सेवा बिस्तार | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

नेपाल टेलिकम बागलुङले सदरमुकाम बाहिर पहिलो पटक फाईवर सेवा बिस्तार

Internet_yantra

बागलुङ, ११ पुष । नेपाल टेलिकम बागलुङले सदरमुकाम बाहिर पहिलो पटक फाईवर सेवा बिस्तार गरेको छ । बागलुङ बजारबाट पहिलो पटक सुरुभएको ‘फाईवर टु दी होम’ अभियान अन्तरगत पुरानो तामाको तार बिस्थापित गरेर फाईवर जडान गरिएको हो ।

वडा कार्यालयको पहलमा द्रुत गतिको इन्टरनेट र भ्वाईस सेवाकोलागि टेलिकमले बागलुङको बलेवा क्षेत्रमा फाईवर सेवा बिस्तार गरेको हो । टेलिकम बागलुङ शाखाले दुई वडामा ५ सय १२ वटा लाईन दिन मिल्नेगरी सेवा बिस्तार गरेको छ ।

फोनकोलागि ल्याण्ड लाईन र इन्टरनेट समेत एउटै राउटरबाट चल्नेगरी सेवा बिस्तार भएको छ । उच्च गतिको इन्टरनेट गाउँमा पुगेपछि स्थानीयलाई सहज भएको छ । विभिन्न कार्यालय तथा विद्यालयहरुकालागि समेत इन्टरनेटको कारण सेवा प्रवाहमा सहज भएको हो ।

टेलिकमले आवश्यकता अनुसार ८ देखि ६० एमविपिएस सम्मको इन्टरनेट र ल्याण्ड लाईन फोन वितरण गरेको छ । नयाँ ग्राहकले यो सेवा लिँदा एकमुष्ट एक बर्षकालागि दश हजार रुपैयाँ तिर्नु पर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);