क्लासिक टेकको द विग अफर योजना सित्तैमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्लासिक टेकको द विग अफर योजना सित्तैमा

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले द विग अफर सबै सित्तैमा योजना ल्याएको छ ।

द विग अफर सबै सित्तैमा अन्तर्गत ग्राहकलाई सहुलियत बोनसका साथै निशुल्क रुपमा ५ गिगाहर्ज डिउल व्याण्ड राउटर उपलब्ध गराइने क्लासिक टेकले जनाएको छ । भारी छुट सहितको विग अफर नेपालमा नै पहिलो पटक भएको कम्पनीको दावी छ ।

विग अफर अन्तर्गत क्लासिक टेकका ग्राहकलाई तोकिएका प्याकेजमा १५ प्रतिशत नगद छुट, ६ महिना बोनस, ५ गिगाहर्ज डिउल व्याण्ड राउटर एकमुस्ट पाउने छन् । कम्पनीले आफ्ना ग्राहक हरुलाई राउटर र फाइबर आफैले नचलाउन अनुरोध पनि गरेको छ । राउटर बदल्नका लागि कम्पनीका टोलीनै घरमै गएर सित्तैमा डिउल व्याण्ड ५ गिगाहर्ज अपग्रेड गरिदिने छ ।

राउटरले कम्पनीले दिएको उच्च गतिको स्पीडलाई थप सहयोग गर्ने छ । यो बिषेस अफर कम्पनीले आफ्ना ग्राहकहरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याएको हो । नेपालमा सन् २००९ देखी सु्रु भएको क्लासिक टेकले १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);