दराजको सेलिब्रेट लभ अभियानको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दराजको सेलिब्रेट लभ अभियानको घोषणा

काठमाडौं । बृहत् कम्पनीको रिब्रान्डिङबाट गुज्रिएको केही सातापछि, नेपालको अग्रणी अनलाइन बजार, दराजले २०२२को पहिलो अभियान – सेलिब्रेट लभ, घोषणा गरेको छ । यो अभियान २१ माघ ( फेब्रुअरी ४)बाट सुरु हुने छ भने यस अभियानका मुख्य आकर्षणहरु ६० प्रतिशत सम्मको मेगा डिल, कार्ड प्रीपेमेन्टमा १५ प्रतिशत (अधिकतम रु ७५०) सम्मको छुट, रु.५००० सम्मको मेगा भाउचर, ५०, ००० मूल्यको सामान केवल रु १ मा जित्ने मौका रहेको छ । यद्यपि, अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एकजना विजेताले रु. १,२२,००० मूल्य श्री बालाजीको हिराको झुम्का र औंठी जित्न मौका पाउनेछन् ।

अभियानको मुख्य सन्देशलाई थप फैलाउने प्रयासमा दराजले नेपालका प्रमुख प्रभावशाली व्यक्तिहरूसँग हात मिलाएर सञ्चारको एउटा महत्त्वपूर्ण सञ्जाल गठन गरेको छ। त्यसैगरी, विज्ञापन, सामाजिक सञ्जाल, प्रभावकारिता, ब्लगर÷भ्लगर, आउट अफ होम ब्रान्डिङ, ब्रान्ड पार्टनर, भुक्तानी साझेदार र प्रवर्द्धन साझेदारहरू समावेश गर्दै अभियानको प्रचार पनि नेपालभर विस्तार गरेको कम्पनीले जनाएको छ ।

अभियानको अवधिभर ग्राहकहरूले एपल, रियलमि, बियर्डो, रोटो, ए एन एक्स, वाइल्डहर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेशन, विक्की स्टेसनर्स, कड़ेंस, एक्स एज, ह्यमुन्ड्स फ्लाईक्याचर, प्याजाइटालिया र थप अरु प्रमुख ब्रान्डको उत्पादनहरूमा ६० प्रतिशत सम्मको मेगा डिलहरू प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, कुन उपहारहरू छनौट गर्ने भन्ने बारे निश्चित नभएका ग्राहकहरूले “ह्यान्ड पिक्ड गिफ्ट्स“ मार्फत सजिलैसँग उत्तम उपहार पाउन सक्नेछन् ।

यस अभियानले ग्राहकहरूलाई बैंक कार्ड प्रिपेमेन्टहरू मार्फत थप छुटहरू प्राप्त गर्ने अवसर पनि प्रदान गर्दछ । मेगा बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौँ, एनसीसी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र सनराइज बैंकका कार्ड धारकहरूले क्रेडिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम रु. ७५०) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. ७५०) सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै यस अभियानमा लोकप्रिय खेल एक रुपैयाँको मध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मद्दे कुनै एक पुरस्कार जित्नको लागि भाग लिन सक्नेछन् : साजुना डायमण्ड झुम्का र एन्कर साउन्डकोर हेडफोन । भाग लिनको लागि ग्राहकहरुले अनलाइन प्रीपेमेन्टको मध्यमबाट रु १ प्रीपे गर्नु पर्नेछ । यदि नजितेमा पूर्ण रकम फिर्ता हुनेछ ।

दराज प्रयोगकर्ताहरुलाई सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व मालभिका सुब्बाका साथै अन्य चर्चित सेलिब्रेटीहरू साथ दराजले माघ २३ मा दराज एपमा गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ ।

कम्पनीका अनुसार सेलिब्रेट लभ दराजका अन्य क्याम्पेनहरू भन्दा अलि फरक छ । यो एक अभियान मात्र नभई हामीले हाम्रो परिवार, साथीहरू, प्रियजनहरू र हामीले प्रिय ठानेका चीजहरूसँग बाँड्ने प्रेमको कदर गर्न हामी सबैको लागि यो एउटा नम्र अनुस्मारक हो ।

थप विवरणहरूको लागि, कृपया सेलिब्रेट लभ अभियान पृष्ठलाई सन्दर्भ गर्नुहोस् : https://click.daraz.com.np/e/_6xpBi

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);