कांग्रेस कमजोर छैन, कसैको बैसाखी चाँहिदैन : शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस कमजोर छैन, कसैको बैसाखी चाँहिदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर नभएको दाबी गरेका छन् । कमजोर नभएका कारण  कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको उनको भनाइ छ । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिस्ट साहरा नचाहिने तर्क गरे ।  कांग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उनको भनाइ थियो ।

‘नेपाली कांग्रेस कमजोर छैन । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौं भन्ने आत्मविश्वास छ । कांग्रेसलाई कसैको बैशाखी चाहिएको छैन’, कोइरालाले भने । उनले पार्टीको निर्णय बिरुद्ध गठबन्धन भएको बताए । केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उनले निर्वाचनपछि सबैकुराको लेखाजोखा गर्ने बताए । तर अहिले कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने उनको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);