प्रतिनिधिसभाबाट ३ वटा विधेयक सर्वसम्मतिले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रतिनिधिसभाबाट ३ वटा विधेयक सर्वसम्मतिले पारित

काठमाडौं, २९ पुस । प्रतिनिधिसभाले विभिन्न ३ वटा विधेयकलाई सर्वसम्मति पारित गरेको छ । आईतबार बसेको प्रतिनिधिसभाको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन ) विधेयक २०७५, भुक्तानी तथा फर्स्यौट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५लाई सर्वसम्मतिले पारित गरेको हो । अब यी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि ऐन बन्नेछन् र प्रमाणिकरण भएकै दिन देखि लागु हुनेछन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संसोधन प्रतिवेदन सहित संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन ) विधेयक २०७५ र अर्थसमितिको प्रतिवेदन सहित भुक्तानी तथा फर्यौट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५ सर्वसम्मति पारित भएको हो ।

त्यसैगरी, बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पेस भएको छ । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको प्रतिवेदन सहित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गरेकी हुन् ।

बैठकमा सरकारले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ लाई पेस गरेको छ । सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ प्रस्तुत गरेका हुन् ।

राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले पेस गरेको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि गृहमन्त्री थापाले सो विधेयक बैठकमा पेस गरेका हुन् । त्यसैगरी “नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५” लाई बैठकले स्वीकृत गरेको छ ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति स्वीकृत गरेको हो । अर्को बैठक माघ ४ गते शुक्रबार १२ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);