नेकपाले बोलायो केन्द्रीय सचिवालयको आकस्मिक बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाले बोलायो केन्द्रीय सचिवालयको आकस्मिक बैठक

prachanda oli

काठमाडौं, ३२ असार । डा. गोविन्द केसीको अनसन र कांग्रेसको संसद अवरोधको दबाबमा परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्ने गरी सचिवालयको बैठक बोलाइएको हो । पार्टी विधानको अन्तिम टुंगो लगाउन र केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाड गर्नका लागि बैठक बोलाइएको नेकपा नेता योगेश भट्टराईले जानकारी दिएे ।

उनका अनुसार नेकपाले एकजना केन्द्रीय सदस्यलाई दुईवटा स्थानीय तह हेर्ने गरी जिम्मा दिने तयारी गरेको छ । बैठकमा सरकारले सदनमा प्रस्तुत गर्न लागेको राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयकका विषयलाई लिएर कांग्रेसले गरेको संसद अवरोध र गोविन्द केसीको अनसनको विषयमा पनि छलफल हुने बताइएको छ । नेता भट्टराईले समसामयिक विषयमा पनि छलफल हुने जानकारी दिए । नेकपाको सचिवालय नौ सदस्यीय छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);