डा. केसीको माग जायज भएको भन्दै कांग्रेसको ऐक्यवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डा. केसीको माग जायज भएको भन्दै कांग्रेसको ऐक्यवद्धता

bishwo prakash sharma

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै ऐक्यवद्धताजनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ती जारी गरिसकेको बताउनुभयो । तरपनि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी ऐक्यवद्धता जनाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कोरोना संक्रमण जोखिमका कारण सोमबार बस्ने भनेको केन्द्रीय कार्य समितिको बैठक बस्ने–नबस्ने सम्बन्धमा आजै पार्टीले निर्णय गर्ने पनि उहाँले बताउनुभयो ।

कार्यसमिति बस्नु अघि आइतबारका बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उहाँले बताउनुभयो । केन्द्रीय कार्यसमिति बैठक बस्ने नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुनेपनि उहाँले स्पस्ट पार्नुभयो ।

डा. गोविन्द केसीले विगत देखि नै जायज माग राख्दै आउनुभएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पुरा हुने पनि उहाँले बताउनुभयो । पछिल्लो समय पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राख्नुभएकाले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने उहाँको भनाई छ ।

संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताउनुभयो । यद्दपी जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद अधिवेशन चलाुनुपर्ने उहाँले बताउनुभयो ।

विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने पनि उहाँले बताउनुभयो । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्नेपनि प्रवक्ता शर्माले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);