कांग्रेस सांसद गगन थापालाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

कांग्रेस सांसद गगन थापालाई कोरोना संक्रमण

gagan thapa

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना भाइरसको संक्रमण भएको छ।

असाेज १५ गते पार्टी कार्यालयमा गरिएको पीसीआर परीक्षणमा उहाँलाई काेभिड संक्रमण देखिएको हो ।

थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । उहाँले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिनुभएको छ ।

थापाले लेख्नुभएको छ, ‘असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु । यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु। ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);