मृत्यु भएकी सुत्केरीको शिशुमा कोरोना नेगेटिभ, यस्तो छ परिवारको अवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मृत्यु भएकी सुत्केरीको शिशुमा कोरोना नेगेटिभ, यस्तो छ परिवारको अवस्था

corona-test

काठमाडौं, ५ जेठ । कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशुमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ । त्यस्तै परिवारका अन्य सदस्यहरु श्रीमान्, सासु र बहिनीमा पनि कोरोना नेगेटिभ देखिएको छ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिनुभएको छ । उहाँका अनुसार नवजात शिशुमा भने जन्डिसको समस्या छ । नवजात शिशुमा देखिने जन्डिसको समस्या यी शिशुमा पनि देखिएको हो । अरु सबै अवस्था सामान्य छ । उहाँहरु सबै अस्पतालको आइसोलेसनमा छन् ।

सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । शनिबार उहाँको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको छ ।

उहाँ कोरोनाका कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ती हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);