कोरोना भाइरस प्रकोपको पहिले चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोरोना भाइरस प्रकोपको पहिले चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

corona li wenliang dead

एजेन्सी, २४ माघ । चीनमा कोरोना भाइरस विरुद्ध पहिलोपटक सचेत गराउने चिकित्सक लि वेनलिआङको र्मत्यु भएको छ । भाइरस सुरुभएको चीनको वुहान केन्द्रिय अस्पतालमा कार्यरत लिको कोराना भाइरस संक्रमणबाटै मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

डाक्टर लिले कोराना भाइरस संक्रमण अघिनै यसको आशंका गरेर साथीभाइलाई सचेत गराउने प्रयास गरेका थिए । तर प्रहरीले उनलाई गलत सूचनाबाट त्रास नफैलाउन चेतावनी दिएको थियो । चीनमा कोरोना भाइरसबाट मृत्युहुने संख्या ६ सय ३६ पुगेको छ भने ३१ हजार भन्दाबढी संक्रमित भएको पुष्टि भइसकेको छ ।

यसैबीच चीनको वुहानमा एक नवजात शिशुमा जन्मेको ३० घण्टामै कोरोना भाइरस संक्र्रमण भएको पुष्टि भएको छ । चीनमा फैलिएको संक्रमणाबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरको भएको चिनीया सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एशियाली समूद्रको यात्राका क्रमा जापानको तटीयक्षत्रमा रहेको पानी जहाजमा थप ४१ जनामा कोरोना भाइरसको भेटिएको छ । योसंगै त्यो जहाजमा संक्रमितको संख्या ६१ पुगको छ । जहाजमा ३७ सय यात्री रहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);