चीनमा कोरोना भाइरसको संक्रमण बढ्दो, मृत्यु हुनेको संख्या ४१ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चीनमा कोरोना भाइरसको संक्रमण बढ्दो, मृत्यु हुनेको संख्या ४१ पुग्यो

नयाँ बर्षका थुप्रै कार्यक्रम रद्द

एजेन्सी, ११ माघ । चीनमा नयाँ बर्षको आवागमनसंगै कोरोना भाइरसको बढ्दो संक्रमणका कारण थुप्रै कार्यक्रमहरु रद्द गरिएका छन् ।

चीनमा उक्त भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । भने करिब १३ सयमा संक्रमणको पुष्टि भइसकेपछि नयाँ बर्षका थुप्रै कार्यक्रम रद्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरस संक्रमणबाट हुन सक्ने संभावित क्षति कम गर्न सरकारले वुहान सहरमा नयाँ अस्पताल निर्माण गर्ने भएको छ । चिनियाँ सञ्चार माध्यमहरूका अनुसार एक हजार शैया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने छ ।

कोरोना भाइरस युरोप र अष्टे«लियामा पनि फैलिन थालेको छ । फ्रान्समा तीन र अस्ट्रेलियामा ४ जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण रोक्न देशका विभिन्न भागमा नियन्त्रणका उपायहरु अपनाईएको छ ।

विभिन्न शहरहरूमा आवत जावतमा बन्देज लगाइएको छ । धेरै चाप परेका अस्पतालमा सैन्य स्वास्थ्य कर्मचारी खटाइएका छन् । सार्वजनिक स्थलहरू बन्द गरिएका छन् । सांघाई शहरको डिज्नेल्यान्ड तथा बेइजीङ नजिकैको ग्रेटवालका विभिन्न भाग बन्द गरिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);