६ दशमलव ८ म्याग्नीच्युटको भूकम्प, १४ जनाको मृत्यु, ५ सय भन्दा बढि घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

६ दशमलव ८ म्याग्नीच्युटको भूकम्प, १४ जनाको मृत्यु, ५ सय भन्दा बढि घाइते

At least 18 dead

एजेन्सी, ११ माघ । पूर्वी टर्कीमा ६ दशमलव ८ म्याग्नीच्युटको भूकम्प, १४ जनाको मृत्यु, ५ सय भन्दा बढि घाइते भएका छन्।

शुक्रबार राति गएको ६ दशमलव ८ म्याग्नीच्युटको भूकम्पका कारण भग्नावशेषहरुमा अझै केही व्यक्ति च्यापिएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । एलाजिग प्रान्तको सिभ्रिस शहरमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सयौ भवनहरुमा क्षति पुगेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको बताइएको छ । टर्कीको आपतकालीन व्यवस्थापन प्राधिकरणले राहत सामग्रीसहित उद्धारकर्मीहरु परिचालन गरिएको जनाएको छ । भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेकाले भत्किएका घरका भग्नावशेषमा नजान पीडितहरुलाई उद्धारकर्मीले आग्रह गरेका छन् ।

उत्तर पश्चिम टर्कीमा सन् १९९९ मा गएको भूकम्पका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१० मा आएको ६ म्याग्नीच्युटको भूकम्पमा पनि ५१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);