इरानमा भूकम्प जाँदा ५ को मृत्यु, ३ सय भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

इरानमा भूकम्प जाँदा ५ को मृत्यु, ३ सय भन्दा बढी घाइते

iran-earthquake

एजेन्सी, २३ कात्तिक । इरानको उत्तर–पश्चिम अजरबैजान प्रान्तमा गएको भूकम्पका कारण पाँचजनाको मृत्यु भएको छ भने ३ सय बढी घाइते भएका छन् । शुक्रबार ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएपछि भएको भागदौडका कारण ५ जनाको मृत्यु हुनुका साथै ३ सय बढी घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

भूकम्प लगत्तै ६० भन्दा बढी साना पराकम्पन गएको र ३० वटा भवन पूणरुपमा ध्वस्त भएको छ । भूकम्प प्रभावित ४१ वटा गाउँमा उद्दारकार्य जारी छ । इरान भूकम्पीय हिसाबले जोखिमपूर्ण क्षेत्र मानिन्छ ।

इरानमा सन् २०१७ मा गएको ७ म्याग्निच्यूडको भूकम्पका कारण ६०० जनाको मृत्यु भएको थियो । यस्तै, सन् २००३मा इरानको प्राचीन बाम क्षेत्रमा गएको ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्पका कारण २६ हजार जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);