जाजरकोट भूकम्पमा १ सय ३८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

जाजरकोट भूकम्पमा १ सय ३८ जनाको मृत्यु

काठमार्डौ १८ जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६ दशमलव ४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म १ सय ३८ जनाको मृत्यु पुष्टि भएको छ ।
जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित १ सय ३८ जनाको मृत्यु पुष्टि भएको गृहमन्त्रालयले जनाएको छ । घाइते हुनेको संख्या २ सय नाघेको छ ।

जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा सवैभन्दा धेरै जनधनको क्षति भएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड १६ जना स्वास्थ्यकर्मीको टोली सहित पुगेर भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमको अवलोकन गर्नुु भएको छ ।

unn.prixa.net

भूकम्पका गम्भीर घाइतेको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाएर विरामीहरुको उपचार थालिएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयार भइसकेका छन् ।

घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

केही ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका छन् । सरकारले रुकुमकेन्द्र बनाएर बढी भन्दा बढी हवाइ उडान गर्न निर्देशन दिएको छ । उद्धार र राहतका लागि सेनाका ३ हेलिकप्टर र निगमको जहाज भूकम्प प्रभावित क्षेत्रमा तैनाथ भइसकेका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्पपछि चार घण्टाभित्र ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् । ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);