जाजरकोट भूकम्पमा परी १२८ को मृत्यु, कयौं घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जाजरकोट भूकम्पमा परी १२८ को मृत्यु, कयौं घाइते

काठमाडौं, १८ कात्तिक । गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुुगेको छ । भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा २६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

६.४ म्याग्निच्युडको भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको निधन भएको छ । उनी बसेको खलंगास्थित घर भत्किएको थियो ।

रातको ११ बजेर ३९ मिनेटमा भूकम्प गएकाले ठूलो मानवीय क्षति भएको छ । भूकम्पले पहिरो जानुका साथै सञ्चार सम्बन्ध समेत बिच्छेद भएको छ ।

पछिल्लो समय पश्चिम नेपालमा धेरै भूकम्प गइरहेको छ । त्यस्ता भूकम्पको धक्का भारतको नयाँ दिल्लीमा समेत महशुश गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);