अफगानिस्तानमा भूकम्पः कम्तीमा २५० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अफगानिस्तानमा भूकम्पः कम्तीमा २५० जनाको मृत्यु

काबुल।अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ। भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ।

अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। भूकम्प अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामबादसम्म महसुश गरिएको केन्द्रले जनाएको छ।अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६ दशमलब १ म्याग्निच्युडको  थियो ।  ‘दुर्भाग्यवश हिजो राति पाक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प जाँदा सयौं जनाको ज्यान लिएको छ । भूकम्पमा दर्जनौं घरहरू ध्वस्त भएका छन्’, सरकारी प्रवक्ता बिलाल करीमीले ट्वीट गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);