अफगान भूकम्पमा मृत्यु हुने २८० पुगे | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अफगान भूकम्पमा मृत्यु हुने २८० पुगे

काबुल।अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। भूकम्पका कारण दर्जनौँ घर भत्किएका छन् । भूकम्पले पुर्‍याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ।

पछिल्लाे एक दशकमा भूकम्पमा परेर अफगानिस्तानमा ७ हजार जनाकाे मृत्यु भएकाे छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);