आइल्याण्ड केन्द्रविन्दु भएर गएको भूकम्पमा ज्यान गुमाउने संख्या ४२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आइल्याण्ड केन्द्रविन्दु भएर गएको भूकम्पमा ज्यान गुमाउने संख्या ४२ पुग्यो

एजेन्सी, ३ माघ । इन्डोनेशियामा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेका छ भने सयौंको संख्यामा वेपत्ता भएका छन् । इन्डोनेशियाको सुवावेसी आइल्याण्ड केन्द्रविन्दु भएर ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।

भुकम्पले भत्किएका भग्नावशेषमा पुरिएका वा फसेकाहरुको खोजी तथा उद्धारको काम जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । भूकम्पमा परेर सयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् ।

इन्डोनेशियामा भूकम्प तथा त्यसका कारण आउने सुनामीले मानवीय तथा भौतिक क्षति गर्ने गरेको छ । सन् २०१८ मा सुवावेसीमा मात्रै भूकम्पका कारण दुई हजार भन्दा बढिको ज्यान गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);