भारतीय किसान र सरकारी प्रतिनिधिबीचको वार्ता अझै टुंगोमा पुग्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

भारतीय किसान र सरकारी प्रतिनिधिबीचको वार्ता अझै टुंगोमा पुग्न सकेन

एजेन्सी, ३ माघ । भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको नवाैँ पटकको वार्ता पनि निर्णयक बन्न सकेन । कृषिसम्वन्धी तीन नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग केन्द्रीय सरकारका तीन मन्त्रीले गरेको वार्ताले पनि सार्थकता पाउन नसकेको हो ।

शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ । किसानहरुको माग प्रति सरकारी पक्ष धेरै नै लचक हुदाँ पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ ।

आन्दोलनरत किसानका नेताहरुले भने तीन ओटै कानुन खारेज गर्न आफुहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताएका छन् । भारतमा कृषिसम्वन्धी तीन कानुनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न ठाउँका साथै केन्द्रीय राजधानी नयाँ दिल्लीसमेतमा किसानहरुले बृहत प्रदर्शन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);