भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरु

एजेन्सी, ३ माघ । भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गरेको कोरोना खोप अभियान अन्तर्गत पहिलो खोप स्वास्थ्यकर्मिलाइ लगाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री मोदीले भारतका १ अर्ब ३० करोड जनताकालागि खोप अभियानको शुरुवात गर्नुभएको हो ।

अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ । भारतले पहिलो प्राथमिकतामा रहेका ३० करोडलाई जुलाईसम्ममा खोप दिने लक्ष्य तय गरेको छ । खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ ।

भारतमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन प्रयोगमा ल्याइएको बताइएको छ ।

खोप अभियानका लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ । ‘कोभिसिल्ड’ प्रतिडोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतभर ३७ वटा खोप भण्डारण केन्द्र तयार पारिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);