भारतमा कोरोनाविरुद्ध तीन वटा खोप परीक्षणको चरणमा : प्रधानमन्त्री मोदी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतमा कोरोनाविरुद्ध तीन वटा खोप परीक्षणको चरणमा : प्रधानमन्त्री मोदी

एजेन्सी, ३१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना विरुद्ध ३ वटा खोप निर्माण गरिरहेको बताउनु भएको छ । शनिबार भारतको ७४औ स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीस्थित लालकिलामा सम्बोधन गर्दै मोदीले छिट्टै भारतमा बनेको कोरोना खोप उपलब्ध हुने भएको बताउनु भएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भारतमा नेसनल डिजिटल हेल्थ मिसनको सुरुवात गरिने र सबै नागरिकलाई स्वास्थ्य परिचयपत्र उपलब्ध गराइने घोषणा गर्नुभयो । यसमा स्वास्थ्यसँग जोडिएका सबै रेकर्ड राखिनेछ । कोरोना महामारीका कारण नागरिक चिन्तित रहेको,सबैलाई कोरोनाविरुद्धको खोप कहिले बन्छ भन्ने जिज्ञासा रहेको उल्लेख गर्दै मोदीले भारतमा एउटा मात्र नभइ तीन वटा खोप छुट्टा छुट्टै चरणको परीक्षणमा रहेको स्पष्ट गर्नुभयो ।

परिक्षण सफल भएसंगै यसको व्यापक मात्रामा उत्पादन गर्ने मोदीको भनाइ छ । अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २४ लाख ६१ हजार नाघेको छ भने ४८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);