मुलुकका विपन्न वर्गका ८० करोडलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुलुकका विपन्न वर्गका ८० करोडलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावलीसम्म मुलुकका ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले प्रधानमन्त्री गरीब कल्याण योजनाअनुसार दिइँदै आएको निःशुल्क रासनको समयावधि दीपावलीसम्म जारी रहने घोषणा गरेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सरकार यो महामारीमा गरीबको साथमा रहेको भन्दै प्रधानमन्त्री मोदीले ८० करोडभन्दा धेरै जनसंख्याले नोभेम्बरसम्म रासन पाउने घोषणा गरेका हुन् । यसअघि सन् २०२० को अक्टोबरमा मोदीले महामारीमा भारतले १५ खर्ब भारतीय रुपैयाँबराबरको रासन ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क वितरण गरिने घोषणा गरेका थिए ।

मोदीले भारतको खोप अभियानको बचाउ गरेका छन् । उनले जुन २१ बाट १८ देखि ४४ वर्ष उमेर समूहकाहरुलाई पनि निःशुल्क खोप वितरणको काम सुरु गर्ने बताए । भारतमा खोप अभियान निकै सुस्त भएको भन्दै आलोचना भइरहेको बेला मोदीले यस्तो घोषणा गरेका हुन् ।

सरकारले मुलुकमा कोरोनाको महामारी फैलिँदा सबै संयन्त्रहरुलाई प्रयोग गरेर आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रयास गरेको प्रधानमन्त्री मोदीको दावी छ । अहिलेसम्म भारतमा २३ करोड डोजभन्दा धेरै कोरोना खोप दिइसकेको मोदीको दावी छ । अहिले भारतमा सातओटा कम्पनी विभिन्न किसिमको खोप बनाइरहेको र बाँकी तीन खोपको अन्तिम चरणको मानव परीक्षण चलिरहेको मोदीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);