दुई महिना निःशुल्क खाद्यान्न वितरण गर्ने दिल्ली सरकारले निर्णय, ट्याक्सी र अटो चालकलाई ५ हजार रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुई महिना निःशुल्क खाद्यान्न वितरण गर्ने दिल्ली सरकारले निर्णय, ट्याक्सी र अटो चालकलाई ५ हजार रुपैयाँ

एजेन्सी । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

कोरोना महामारीले संकटमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन कार्ड भएकाहरुलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेकाे हो ।

साथै मुख्यमन्त्री केजरीवालले दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

संकटको यो स्थितिमा थोरै भए पनि राहत दिने उद्देश्यले अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ प्रदान गरिएको मुख्य मन्त्री केजरीवालको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);