केजरीवालले लिए तेश्रो पटक लिए मुख्यमन्त्रीको सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

केजरीवालले लिए तेश्रो पटक लिए मुख्यमन्त्रीको सपथ

kejriwal sapath

एजेन्सी, ४ फागुन ।  दिल्ली विधानसभामा जित हासिल गरेपछि आम आदमी पार्टी आपका प्रमुख अरबिन्द केजरीवालले आइतवार तेस्रोपटक मुख्यमन्त्री पदको सपथ लिएका छन् । नयाँदिल्लीको रामलीला मैदानमा अरविन्द केजरीवालले दिल्लीका उपराज्यपाल अनिल बैजलबाचट पद र गोपनियताको सपथ लिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

शपथ ग्रहण कार्यक्रमको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएको थियो । तर अन्य कार्यक्रममा व्यस्त भएको कारण मोदी उपस्थित हुन नसकेको केजरीवालले बताए । शपथ ग्रहण समारोहमा केजरीवालले दिल्लीको विकासका लागि प्रधानमंत्री तथा केन्द्रिय सरकारको सहयोग आवश्यक रहेको बताए ।

पहिलोपटक डिसेम्बर २०१३ र दोस्रोपटक फेब्रेअरी २०१५ मा पनि केजरीवालले यही मैदानमा मुख्यमन्त्रीको सपथ लिएका थिए । केजरीवालले २०१३ मा कांग्रेसको समर्थनमा ४९ दिनसम्म सरकार चलाएपछि राजीनामा दिएका थिए । त्यसपछि फेब्रुअरी २०१५ मा भएको चुनावमा ७० मध्ये ६७ सिट जितेर उहाँ दिल्लीको मूख्यमन्त्री भएका थिए ।

यसपटक ६२ सिट जित्दै आम आदमी पार्टीका संयोजक केजरीवाल मूख्यमन्त्री भएका हुन् । यसअघि उपमुख्यमन्त्री रहेका मनिस सिसोदियाले केजरीवालको मन्त्रीपरिषदमा मन्त्रीको सपथ लिएका छन् । यसैगरी गोपाल राई, कैलाश गाहलोट र इमरान हुसैनले पनि सपथ ग्रहण गरेका छन् ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);