केजरीवालले तेस्रोपटक मुख्यमन्त्रीको शपथ लिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

केजरीवालले तेस्रोपटक मुख्यमन्त्रीको शपथ लिँदै

arvind kejriwal

एजेन्सी, ४ फागुन । दिल्ली विधानसभामा जित हासिल गरेपछि आम आदमी पार्टी आपका प्रमुख अरबिन्द केजरीवालले आज तेस्रोपटक मुख्यमन्त्री पदको सपथ लिनुहुने भएको छ ।

सपथ रामलीला मैदानमा हुँदैछ । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका सांसद, सबै निगम पार्षद, भाजपा र कांग्रेसका प्रदेश अध्यक्षहरुलाई आमत्रण गरिएको छ । पहिलोपटक डिसेम्बर २०१३ र दोस्रोपटक फेब्रुअरी २०१५ मा पनि केजरीवालले यही मैदानमा मुख्यमन्त्रीको सपथ लिनुभएको थियो ।

केजरीवालले २०१३ मा कांग्रेसको समर्थनमा ४९ दिनसम्म सरकार चलाएपछि राजीनामा दिनुभएको थियो । त्यसपछि फेब्रुअरी २०१५ मा भएको चुनावमा ७० मध्ये ६७ सिट जितेर उहाँ मूख्यमन्त्री बननुभएको थियो भने यसपटक ६२ सिट जित्दै मूख्यमन्त्रीको पद सम्हाल्न लाग्नुभएको हो । केजरीवाललाई उपराज्यपाल अनिल बैजलले सपथ दिलाउने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);