चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्यो

drop in coronavirus

एजेन्सी, ४ फागुन । चीनले कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा पछिल्लो दिन गिरावट आएको दावी गरेको छ । रोग नियन्त्रण र सावधानीमा भएका प्रयास स्वरुप पछिल्लो दिन नयाँ संक्रमितको संख्यामा गिरावट आएको चीनले दावी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सरकारी तथ्यांक अहिलेसम्म चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार नाघेको छ भने मृतकको संख्या १ हजार ६ सय ६५ पुगेको छ । चीन बाहिर करिब ३० देशमा ५०० संक्रमित भेटिएका छन् भने चार जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एकएक जनाको मृत्यु भएको छ ।

चीनको नेशनल हेल्थ कमिसनका प्रवक्ता मि फाङले भने, कोरोना भाइरस विरुद्ध अपनाइएका रणनीतिको प्रभाव देखिन थालेको छ बताएका छन् । चीनको नेशनल हेल्थ कमिसनले आइतबार २ हजार ९ जना संक्रमित थपिएको र थप एक सय ४२ जनाको मृत्यू भएको तथ्यांक सार्वजनिक गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);