एकैदिनमा विश्वभर ४ लाख ७८ हजार बढीमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एकैदिनमा विश्वभर ४ लाख ७८ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वभर चार लाख७८ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड सात लाख ४८ हजार नाघेको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी बेलायतका ५४ हजार ६ सय ७४ जना रहेका छन् । त्यहाँ उक्त अवधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी दोस्रो धेरै संक्रमित थपिनेमा इन्डोनेसिया रहेको छ । त्यहाँगत २४ घण्टाको अवधिमा ५१ हजार ९ सय ५२ जना संक्रमित थपिएका छन् ।

साथै, एक हजार ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा भारतमा ४१ हजार २८३ जना संक्रमित थपिएका छन् भने ५ सय १७जनाको मृत्यु भएको छ ।बेलायतमा पछिल्लो केहीदिन यता संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ ।

पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ संक्रमित थपिएका छन् । दुवै मात्रा लगाएका बेलायती स्वास्थ्यमन्त्रीमा पनि संक्रमण देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);