विश्वभर कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

विश्वभर कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो

corona update

काठमाडौं, २५ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित हुने मानिसको संख्या ६९ लाख ६७ हजार नाघेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७१५ जना नयाँ संक्रमित थपिएका छन् । ३१ लाख ५८ हजार २७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा संक्रमितको संख्या २२ लाख ५२ हजार ४६५ पुगेको छ । १ लाख ३४ हजार ७३६ जनाको मृत्यु भएको छ । त्यसमध्ये ९ लाख ९ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३४ हजार ६३७ जनाको मृत्यु भएको छ । १३ लाख २६ हजार ४२९ जना संक्रमित भएकोमा ८ लाख ३ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४८ हजार ६३७ जनाको मृत्यु भएको छ । ११ लाख ९ हजार ३२० जना संक्रमित भएकोमा ५ लाख २५ हजार ३५७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ८२ जनाको ज्यान गएको छ भने १ लाख ८५ हजार ९९६ जना संक्रमित छन् । संक्रमितमध्ये ८३ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६५ जना संक्रमित भएकोमा ८ हजार २७५ जना संक्रमणमुक्त भएका छन् ।

#कोरोना  #विश्व_कोरोना

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);