कोरोना संक्रमित विश्वभर ७० लाखभन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना संक्रमित विश्वभर ७० लाखभन्दा बढी

corona update

एजेन्सी, २६ जेठ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७० लाख ८१ हजार ८११ पुगेको छ । त्यस्तै मृतकको संख्या ४ लाख ५ हजार ७४ पुगेको छ ।

३२ लाख २० हजार ५०० जनाको उपचार भइरहेकोमा ५३ हजार ७५८ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३५ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ७८ हजार ५९ पुगेको छ । त्यसमध्ये ९ लाख २५ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३५ हजार २५ जनाको मृत्यु भएको छ । १३ लाख ६१ हजार २४९ जना संक्रमित भएकोमा ८ लाख २२ हजार २९६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५० हजार २२२ जनाको मृत्यु भएको छ । ११ लाख ४६ हजार ४७० जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार २१५ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार ११८ जना संक्रमित छन् । संक्रमितमध्ये ८४ हजार ९१९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७० जना संक्रमित भएकोमा ८ हजार २८९ जना संक्रमणमुक्त भएका छन् ।

#कोरोना

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);