कोरोना कहर: संक्रमित झण्डै २२ लाख पुग्यो, चीनमा मृत्यु हुनेको संख्या थपियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना कहर: संक्रमित झण्डै २२ लाख पुग्यो, चीनमा मृत्यु हुनेको संख्या थपियो

corona

एजेन्सी, ५ वैशाख । कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहानमा मृत्युहुनेको संख्यामा पुनरावलोकन गरेर १ हजार दुई सय ९० जना थपिएको छ ।चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १ हजार २ सय ९० जना थपेर पुनरावलोकन गरिएको हो ।

कोरोनाको महामारीका बेला अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेको बताइएको छ । यसैगरी संक्रमितको संख्यामा पनि चिनले तीन सय २५ जना थप गरेको छ । यो संगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ । यसैगरी संक्रमितको संख्या ८२ हजार ६ सय ९२ पुगेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या २१ लाख ९२ हजार नाघेकोे छ । कोरोना संक्रमणबाट विश्वमा एक लाख ४७ हजार जनाको ज्यान गएको छ भने ५ लाख ५४ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी ६ लाख ७८ हजार बढी संक्रमित भएको अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी स्पेनमा १९ हजार ३ सय १५, इटालीमा २२ हजार १ सय ७०, फ्रान्समा १७ हजार ९ सय २० बेलायतमा १३ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगेको छ । छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको दर तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा ४ सय ४८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १३ हजार ४ सय नाघेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);