नेपालमा मंगलबार ४ सय ३० जना कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालमा मंगलबार ४ सय ३० जना कोरोना संक्रमित

काठमाडाैं, २८ पुष । नेपालमा मंगलबार ४ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय पीसीआर परीक्षणहुँदा काठमाडौँ उपत्यकामा २ सय ५९ जनासहित मुलुकभर ४ सय ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

उपत्यकाका काठमाडौँमा २ सय २१, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

त्यसैगरी मंगलबार ३ सय ९० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ । अहिले देशभर ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी मंगलबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);