थप ३६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप ३६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

coronavirus test

काठमाडौं, १० जेठ ।  नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । शनिबार बिहान ३२ र दिउसो ३६ जना गरि ६८ नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको हो । बाँकेको नरैनापुरमा २७ जनासहित ३६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका २७ जना र बैतडीका ४ जनासहित ३६ जना नयाँ संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुरकै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ ।

आरडिटी विधिबाट आरडिटी ८६ हजार २ सय ३५ वटा गरि १ लाख ३२ हजार १ सय ९२ परीक्षण भएका छन् । अहिले देशभरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);