नारायणी अस्पतालबाट कोरोना संक्रमित डिस्चार्ज (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नारायणी अस्पतालबाट कोरोना संक्रमित डिस्चार्ज (भिडियोसहित)

नितेश कश्यप

वीरगन्ज, १० जेठ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मेडिकल सुपरिटेण्डेन डा. मदन उपाध्यायले जानकारी दिनु भएको छ ।

डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३-३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् । शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);