सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

seti hospital

धनगढी, ९ वैशाख । सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति मंगलबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । धनगढी उप–महानगरपालिका–५ का ३४ बर्षीय युवकको लगातार दुई पटक सम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

दुबइबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो । उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो । उनी ३० दिन सम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन् ।

यसअघि सेतीमै उपचाररत लम्कीका २१ बर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए । अव सेतीमा तीन जना संक्रमितको उपचार भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);