कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज

एजेन्सी, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज हुनुभएको हो ।

ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् ।

उहाँले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ ।

अब उहाँको उपचार ह्वाइट हाउसमै हुनेछ । ३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । अमेरिकी राष्ट्रपतिको चुनाव हुन लगभग १ महिना बाँकी हुँदा ट्रम्प कोरोना भाइरस संक्रमित हुनुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);