विश्वमा हरेक १० मध्ये एकजना कोरोना संक्रमित हुन सक्ने डब्लूएचओको आंकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

विश्वमा हरेक १० मध्ये एकजना कोरोना संक्रमित हुन सक्ने डब्लूएचओको आंकलन

WHOL

एजेन्सी, २० असोज । विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने आँकलन गरेको छ ।जेनेभामा आयोजित कार्यकारी बोर्डको मिटिङमा डब्लूएचओका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक रÞ्यानले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताउनु भएको हो ।

विश्वको ठूलो हिस्सा कोरोना संक्रमणको जोखिममा रहेको भन्दै डाक्टर ¥यानले विश्वको जनसंख्याको १० प्रतिशतमा कोरोना भाइरसको संक्रमण हुन सक्ने बताउनुभएको छ अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

डब्लूएचओका अनुसार विश्वका करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुन सक्ने छन् । जनस्वास्थ्यविद्हरुले लामो समयदेखि अहिले पुष्टि भएको संख्याभन्दा निकै धेरै कोरोना भाइरसबाट संक्रमित भइसकेको हुन सक्ने बताएका छन् ।

चीनको वुहानबाट फैलिएको १० महिना पूरा भइसके पनि यो नियन्त्रणभन्दा पनि झन तीव्र रुपमा फैलिरहेको छ । केही मुलुकमा प्रतिबन्ध खुकुलो बनाएसँगै कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको र पहिलेभन्दा अझ तीव्र रुपमा संक्रमण फैलिरहेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र न्यूनीकरणका लागि विश्वका सबै मुलुकले ऐक्यबद्धता र सामूहिक नेतृत्व देखाउन डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले आग्रह गर्नुभयो । विश्वमा संक्रमण पुष्टि भएको संख्याको ७० प्रतिशत १० वटा मुलुकमा मात्रै रहेको छ भने कुल मृत्यु हुनेको आधा संख्या तीन वटा देशमा मात्रै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);