हावाबाट पनि कोरोना भाइरस सर्ने विश्वका वैज्ञानिकहरूकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

हावाबाट पनि कोरोना भाइरस सर्ने विश्वका वैज्ञानिकहरूकाे दाबी

एजेन्सी, २२ असार । विश्वका वैज्ञानिकहरूले हावाबाट पनि कोरोना भाइरस सर्ने दाबी गरेका छन् । हावाका साना कणमा पुगेका कोरोना भाइरसबाट मानिसमा संक्रमण हुन सक्ने दाबी गर्दै केही वैज्ञानिकहरूले विश्व स्वास्थ्य संठनलाई कोरोना भाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेका छन् ।

कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २ सय ३९ वैज्ञानिकहरूले यसबारे विश्व स्वास्थ्य संगठनलाई खुलापत्र पठाएर त्यस्तो आग्रह गरेका हुन् । उनीहरूले खुलापत्रमा आफूले फेला पारेका प्रमाणहरू उल्लेख गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस संक्रमितले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्छ ।

जुन २९ मा अद्यावधिक गरिएको जानकारीमा विश्व स्वास्थ्य संगठनले पाँच माइक्रोनभन्दा साना छिटा हावाको माध्यमबाट पनि कोरोनाभाइरस सर्न सक्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले भने अहिले उपलब्ध प्रमाणहरू त्यो दाबी पुष्टि गर्न पर्याप्त नभएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको कोरोना भाइरस नियन्त्रण विभागकी प्रमुख प्राविधिक डाक्टर बेनेडेटा अलेन्ग्रान्जीले वैज्ञानिकहरुको दाबीमा ठोस तथा स्पष्ट आधार नभएको बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);