विश्व स्वास्थ्य संगठनद्वारा कोरोना भाइरसको नाम 'कोभिड-१९' (Covid-19) राखेको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

विश्व स्वास्थ्य संगठनद्वारा कोरोना भाइरसको नाम ‘कोभिड-१९’ (Covid-19) राखेको घोषणा

यसविरुद्धको खोप १८ महिनामा तयार हुने दावी

काठमाडौं, २९ माघ । विश्व स्वास्थ्य संगठन डब्लूूएचओले कोरोना भाइरसको नाम ‘कोभिड-१९’ (Covid-19) राखेको छ । डब्लयूएचओले औपचारिक रुपमै कोरोना भाइरसको नाम ‘कोभिड-१९’ राखेको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । नयाँ नामका अनुसार को भनेको कोरोना भीआइको अर्थ भाइरस र डी को अर्थ डिजिज भनेर उल्लेख गरेको छ ।

सन् २०१९ मा फैलिएको यो भाइरको अन्तिममा १९ पनि जोडेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनको नियमित पत्रकार सम्मेलनमा प्रमुख टेड्रोस अदहानोम घेब्रिएसले आगामी दिनमा विश्वले नै चाँडोभन्दा चाँडो कोरोनाविरुद्ध आक्रामक भएर लड्नुपर्ने बताएका छन् ।

डब्लूएचओले कोरोना भाइरस विरुद्धको खोप १८ महिनामा तयार हुने पनि जनाएको छ । चीनको वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ११ सय ८ र संक्रमितको संख्या ४४ हजार एक सय ३८ पुगेको छ ।

कोरोना भाइरसबाट हङकङ र फिलिपिन्समा पनि एक एक जनाको मृत्यु भएको छ । भाइरसका २७ देशमा फैलिएको छ । अधिकांश देशहरुले चीनबाट फर्कने नागरिकलाई चेकजाँचमा कडाइ गर्नुका साथै क्वारेन्टाइनमा राख्न थालेका छन् भने सीमा क्षेत्रमा पनि कडाइ गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);