खोपहरू प्रभावकारी नहुने र संक्रमणदर पनि बढ्नसक्ने विशेषज्ञहरूको चेतावनी (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

खोपहरू प्रभावकारी नहुने र संक्रमणदर पनि बढ्नसक्ने विशेषज्ञहरूको चेतावनी (भिडियाे)

विश्वलाई नै थला पारेको कोरोना भाइरसको सन्त्रास यस विरुद्धको खोप आएपछि केहि समयका लागि कम भएको जस्तो देखिए पनि दक्षिण अफ्रिकामा नयाँ भेरिएन्ट पत्ता लागे पछि विश्व नै चिन्तित बनेको छ । तीव्र गतिमा उत्परिर्वतित भएको नयाँ भेरिएन्ट बी वान वान फाइभ टु नाइन का कारण यो संक्रमण अझै फैलिन सक्ने त्रास विश्वभर छ ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन नाम दिएको यो भेरिएन्टविरुद्ध हालसम्म बनेका खोपहरु प्रभावकारी नहुने र संक्रमणदर पनि बढने विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कोभिड विरुद्धको खोपले पछिल्लो समय धेरै मुलुकलाई राहत दिइएको थियो ।

कतिपय देशहरुले महिनाैं बन्द रहेका आफ्ना अन्तर्राष्ट्रिय सीमाहरु पुनः खोल्न थालेका थिए । तर नयाँ भेरिएन्ट भेटिए सँगै फेरि कतिपय देशहरुले विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरु गर्न थालेका छन् ।

कोभिड भेरिएन्ट ओमिक्रोनबाट संक्रमित दुई व्यक्ति फेला परेपछि बेलायतमा थप कडाई गरिने भएको छ । नयाँ भाइरस नियन्त्रण गर्न बेलायत सरकारले सोमबार विहान ४ बजेबाट लागु हुने गरि १० ओटा मुलुकलाई रेड लिस्टमा राखेको छ ।

रेड लिस्टअन्तगर्तका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना तथा लिसेथोसगँका सबै उडानहरु स्थगित गरेको छ ।

अमेरिका, क्यानडा, ग्वाटेमाला, जर्मनीलगायतले पनि अफ्रिकि मुलुकबाट हुने आवागमनमा प्रतिबन्धको घोषणा गरेका छन् । अमेरिकाको न्यूयर्कमा त संकटकाल नै लगाइएको छ । युरोपेली मुलुकहरुले महामारीको चौथो लहर फैल्न सक्ने भन्दै प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न थालिसकेका छन् ।

दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स आएका ६१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भारतमा पनि विदेशबाट आएका एक व्यक्ति नयाँ भेरिएन्टबाट संक्रमित भएको आशंका गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मात्रै उच्च अधिकारीहरुसँग कोभिडको स्थिति र राष्ट्रव्यापी खोपका बारेमा भर्चुअल छलफल गर्नुभएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भेरिएन्ट हङकङ, बेलजियम, बोत्स्वाना तथा इजराइलमा समेत भेटिएको छ ।

उता दक्षिण अफ्रिकी अधिकारीहरुले भने अन्तर्राष्ट्रिय समुदायले आफुहरुलाई नयाँ भेरिएन्टको पहिचान चाँडो गरेकोमा धन्यबाद दिनुको साटो यात्रा प्रतिबन्ध लगाएर दण्डित गरिको गुनासो गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);