बेलायतमा समुदायस्तरमा फैलियाे ओमिक्राेन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेलायतमा समुदायस्तरमा फैलियाे ओमिक्राेन

एजेन्सी । बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई सम्बाेधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएकाे बताएका छन् । पछिल्लाे तथ्या‌कअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा अ‌ाेमिक्राेन देखिएकाे छ ।

पछिल्ला संक्रमण दरकाे अन्तर्रााष्ट्रय यात्रासँग कुनै सम्बन्ध नरहेकाे उनले बताएका छन् । ‘अब अ‌ाेमिक्राेन बेलायतका विभिन्न क्षेत्रमा समुदाय तहमा फैलिसकेकाे छ ,’ उनले भने । बेलायतले दक्षिण अफ्रिकाका विभन्न देशमाथि यात्रा प्रतिबन्ध लगाएकाे छ । तर, ओमिक्राेनका बिरामीमा सामान्य लक्षण देखिएकाे समाचारमा जनाइएकाे छ । 

नयाँ भेरियन्टकाे असर र अहिले प्रचलित खाेपले भेरियन्टविरुद्ध काम गर्ने नगर्ने वारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । नयाँ भेरियन्ट नेपाललगायत ४३ देशमा फैलिसकेकाे छ । भेरियन्ट फैलिएसँगै विभिन्न देशहरुले प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);