अमेरिकामा ओमिक्रोनको असरः ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अमेरिकामा ओमिक्रोनको असरः ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराइने

एजेन्सी । अमेरिकाले ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपमिछ सरकारले सो निर्णय गरेको हो ।

परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर, तत्काल लकडाउन बारे सरकारले कुनै निर्णय नगरेको उनले बताए । तर, प्रतिबन्धका जुनसुकै उपाय चाल्न सरकार तयार भएको उनले बताए । 

पछिल्लो समयमा बेलायतपछि ओमिक्रोनबाट अमेरिका प्रभावित छ । कोभिड संक्रमण भएका दुई तिहाईमा नयाँ भेरियन्ट देखिएको विज्ञहरुले बताएका छन् । ओमिक्रोनका बिरामी सबैभन्दा बढी न्युयोर्क र वासिंगटनमा देखिएका छन् । 

छुटेका सबै जनाले कोभिड खोप लगाउन राष्ट्रपतिले आग्रह गरेका छन् । पहुँचका बाबजुद अझै पनि अमेरिकाको ठूलो जनसंख्याले खोप लगाएको छैन् । यसअघि विश्व स्वास्थ्य संगठनले बिदाका योजना रद्द गर्न सरकारहरुलाई आग्रह गरेको थियो । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);