डब्लुएचओद्वारा कोरोना भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डब्लुएचओद्वारा कोरोना भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

Coronavirus declared global health emergency

एजेन्सी, १७ माघ । विश्व स्वास्थ्य संगठन डब्ल्यु एच ओले कोराना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
चीनमा २ सय १३ जनाको ज्यान लिइसकेको र विश्वका १८ मुलुकमा फैलिएको कारण कोराना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको डब्ल्यु एच ओले जनाएको छ ।

डब्ल्यु एच ओका प्रमुख टेड्रोस एड्हानोम ग्रेबियसले कोरोना संक्रमण तिब्र रुपमा फैलिएर १८ वटा मुलुकमा पुगिसकेको चिन्ताजनक अवस्थालाई ध्यानमा राखेर कोराना भाइरसको संक्रमणलाई विश्वव्यापी आपतकालीन अवस्था घोषणा गरेको बताए ।

चीन बाहिर संक्रमितको संख्या थोरै भएपनि त्यो बढ्ने सम्भावना धरै रहेको डब्ल्यु एच ओको ठम्याई छ । विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख गेब्रियसले बताए ।

चीनको हुबेइ प्रान्तको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण हाल चीन बाहेक नेपाल, भारत अमेरिका, फ्रान्स, जर्मनी, थाइल्याण्ड लगायत १८ वटा मुलुकमा भेटिएको छ ।

चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भइसकेको छ । विभिन्न मुलुकले चीनमा रहेका आफ्ना नागरिक फिर्ता लगिरहेका छन् । यो भाइरसको अहिलेसम्म निश्चित उपचार र खोप पत्ता लागेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);