चीनमा कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या १ सय ७० पुग्यो, ८ हजार बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चीनमा कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या १ सय ७० पुग्यो, ८ हजार बढी संक्रमित

चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि

काठमाडौं, १६ माघ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १सय ७० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १सय ७० पुगेको छ भने झन्डै ८ हजारमा यसको संक्रमण देखिएको छ ।

चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको छ ।

चीनको वुहान शहरबाट सुरुभएको कोरोना भाइरसको संक्रमण विभिन्न १६ मुलुकसम्म फैलिसकेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनका विभिन्न शहरमा आवत जावतमा प्रतिबन्ध लगाइएको छ ।

चिनियाँ फुटबल संघले सन् २०२० भरीका सम्पूर्ण खेल सारेको घोषणा गरेको छ । विभिन्न मुलुकले चीनमा रहेका आफ्ना नागरिक फिर्ता लगिरहेका छन् । विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य आपतकालबारे निर्णय गर्न महत्वपूर्ण बैठक गर्दैछ । यो भाइरसको अहिलेसम्म निश्चित उपचार र खोप पत्ता लागेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);