चीनमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मृत्यु विवरण शुन्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

चीनमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मृत्यु विवरण शुन्य

एजेन्सी, २५ चैत । कोरोना भाइरसको उद्‍गमस्थल चीनमा पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । जनवरीयता पहिलो पटक कोरोना भाइरसको स्थानीय केस र कसैको पनि मृत्यु नभएको आयोगले जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

विगत २४ घण्टामा चीनमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि सबै ‘आयातित केस’ रहेको पनि आयोगले जनाएको छ । मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३५ रहेको छ । त्यस्तै चीनमा अहिलेसम्म ८२ हजार ६ सय ९७ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये करिब ७७ हजार निको भएको जोन होप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण उन्मुख हुँदै गएपछि चीनको जनजीवन सामान्य हुँदै गएको छ । कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहानमा पनि बुधबारबाट लकडाउन हटाइँदैछ ।

साथै चीनका विभिन्न प्रान्तमा रहेका पर्यटकीय तथा सांस्कृतिक केन्द्रहरु पनि खुला गरिसकिएको छ । कोरोना भाइरसको संक्रमणबाट इटालीमा १६ हजार ५ सय २३, स्पेनमा १३ हजार ३ सय ४१, अमेरिकामा १० हजार ९ सय ४३, बेलायतमा ५ हजार ३ सय ८५, फ्रान्समा ८ हजार ९ सय २६, जर्मनीमा एक हजार ८ सय १० र इरानमा ३ हजार ७ सय ३९जनाको मृत्यु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);