चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ पुग्यो, १० हजार व्यक्ति संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ पुग्यो, १० हजार व्यक्ति संक्रमित

corona

काठमाडौं, १७ माघ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ ।

जेनेभामा बसेको डब्ल्यूएचओको आपत्कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’का रुपमा घोषणा गरेको हो । कोरोना भाइरसबाट शुक्रवारसम्म २ सय १३ जनाको मृत्यु भइसकेको र १० हजार मानिस संक्रमित भएका चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको थियो। ‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’का रुपमा लिने गर्छ ।

कोरोना भाइरसको संक्रमण चीनका सबै क्षेत्रमा फैलिएको छ । तिब्बतका एक व्यक्तिमा भाइरसको संक्रमण देखिएसँगै यो चीनका सबै क्षेत्रमा पुगेको हो । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म २० देशमा कोरोना भाइरस फैलिएको पुष्टि भइसकेको छ ।

चीनबाहिर २० देशमा यस भाइरसको संक्रमण फैलिए पनि अहिलेसम्म कसैको मृत्यु भएको छैन । वुहानमा रहेका अन्तराष्ट्रिय विद्यार्थीले त्यहाँबाट निकाल्न आग्रह गरेका छन् । भाइरसको संक्रमण फैलन थालेपछि वुहानमा अत्यावश्यक बाहेकका अन्य क्षेत्र बन्द छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);