डब्लुएचओको टोली चीनको वुहान पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

डब्लुएचओको टोली चीनको वुहान पुग्यो

एजेन्सी, १९ माघ । विश्व स्वास्थ्य संगठन डब्लुएचओको टोलीले चीनको वुहान बजारको भ्रमण गरेको छ । कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको टोली आइतबार कोरोना संक्रमण फैलिएको भनिएको वुहानमा पुगेर सामुद्रिक जीव बजारको भ्रमण गरेका हुन ।

यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिल गरिएको थियो तर डब्लुएचओका सदस्यहरुलाई मात्र प्रवेश दिइएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस अनुसन्धानमा चीनले गरेको ढिलाई एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ ।

तर भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले जनाएको छ । वुहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर २० लाखभन्दा बढी मानिुसकोे मृत्यु भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);